शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बलिउडका धनी नायिकाहरू

दैनिक नेपाल २०७७ भदौ ८ गते १०:०५

मुम्बई । बलिउडमा अभिनेत्री दीपिका पादुकोण धेरै कमाइ गर्नेमा पर्छिन् । अनुष्का शर्मा पनि धेरै कमाइ गर्ने नायिका हुन् । आलिया भट्ट, प्रियंका चोपडा पनि धेरै कमाइ गर्ने सूचीमा छन् ।

आलिया भट्ट पछिल्लो समय सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीको पहिलो नम्बरमा आउँछिन् । उनी सन् २०१९ को फोब्र्सको सूचिमा समेत सामेल भएकी थिइन् । उनको पछिल्लो कमाई ५९.२१ करोड रहेको छ ।

ग्लोबल आइकन प्रियंका चोपडा जोनास पछिल्लो समय सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीको टप १०० को सेलिब्रेटीको सूचिमा पर्छिन् । उनी ४९ नम्बरबाट १४ औं मा आइपुगेकी छिन् ।

पछिल्लो समय प्रियंकाको कुल कमाई २३.४ करोड थियो । उनको इन्स्टाग्राममा धनिको सूचिमा २०१९ की सबैभन्दा धनि भारतीय सेलिब्रेटीको रुपमा पनि नोमिनेसन भएकी थिइन् । उनी पछिल्लो समय इन्स्टाग्रामको एउटा पोस्ट बराबर १.९२ करोड चार्ज लिन्छिन् ।

सबैभन्दा धनि अभिनेत्रीको सूचिमा दीपिका पादुकोणको नाम सधैँ अगाडि आउँछ । उनी सन् २०१८ मा ४८ करोड कमाई गरेर १० औं नम्बरमा पर्न सफल भएकी थिइन् । अहिले उनको नाम चौँथो नम्बरमा पुगेकी छिन् । उनको पछिल्लो वर्षको कमाई १११.८ करोड भइसकेको छ ।

अभिनेत्री तथा प्रोड्युसर अनुष्का शर्माको सन् २०१९ को कमाई २८.६७ करोड थियो । अनुष्का सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्रीको सूचिमा २१ औँ नम्बरमा पर्छिन् ।

बलिउडकी अभिनेत्री कैटरीना कैफको अघिल्लो वर्ष २३.६३ करोड थियो । जसले उनलाई धनि अभिनेत्रीहरुको सूचिमा २३ औँ नम्बरमा पर्छिन् । फिल्ममा काम गर्नुका साथै उनी केही ठूला ब्राण्डका एम्बेसडर पनि हुन् ।

प्रतिक्रिया
सम्बन्धित