शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

महात्मा गान्धीको चस्मा २ करोड ५५ लाख भारुमा लिलाम

दैनिक नेपाल २०७७ भदौ ६ गते ११:१५

नयाँ दिल्ली । महात्मा गान्धीको चस्मा २ करोड ५५ लाख भारतीय रुपैयाँमा लिलाम भएको छ ।

बेलायतको लिलामी संस्था इस्ट ब्रिस्टल अक्सन्सले गरेको बोलबढाबढ लिलामीमा गान्धीको चस्मा अमेरिकी नागरिकले किनेका हुन् । इस्ट ब्रिस्टलका एन्ड्रयू स्टोले गान्धीको चस्मा १४ लाख भारुसम्ममा बिक्री हुने अपेक्षा रहेको बताएका थिए ।

सो चस्माका मालिक ब्रिस्टलको म्यानगट्सफिल्डका वृद्धले लिलामीबाट आएको रकम छोरी र आफूले बाँडेर लिने बताएको बीबीसीले उल्लेख गरेको छ ।

दक्षिण अफ्रिकामा काम गर्ने बेला गान्धीले आफ्ना काकालाई सो चस्मा दिएको ती वृद्धले बताएका छन् । सन् १९१० देखि १९३० को अवधिको समय थियो त्यो ।

प्रतिक्रिया
सम्बन्धित