२९ आश्विन २०८३, बिहिबार

तीज : स्वरूप एक, रूप अनेक

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

  • हिक्मतजंग भण्डारी

 

नेपाली महिलाहरूको महान चाड सामान्य नारीदेखि महारानी हुँदै राष्ट्रपतिले समेत हर्षउल्लासको रूपमा मनाउँछन् ।

तीज केवल उपासनामा मात्रै सीमित हुँदैन । यसले एउटा विशेष सन्देश पनि दिन्छ । त्यो बुझ्नेहरूका लागि महान छ, वर्षभरी गरेका कामबाट हुने कमजोरी, सासुआमाबाट दिने दबाब र यी सबैबाट भगवान शिवसँग प्रार्थना गरी त्यो पनि माईती घर स्वतन्त्र ठाउँबाट मुक्त हुन निराहार व्रत बसी गर्ने कार्यले यति धेरै सन्तुष्टी हुन्छन् व्याख्या नै छैन ।

तीज पर्वलाई पश्चिमाहरूले कहिल्यै अनुभूती गर्नै पाउँदैनन् । हरितालिका नामै गजब, किन भने पार्वती स्वयंले तत्कालिन अवस्थामा कठोर व्रत बसी शिवजी श्रीमान पाउँ भनी प्राप्त गरेको स्मरणले आधुनिक युगसम्म यसले सामाजिक मान्यतालाई सार्थकता दिइराखेको छ । यो नै नेपालीहरूका लागि गौरवको विषय मान्नु पर्दछ । त्यसैले विविधतमा एकता हरेक नेपालीले उच्च महत्वका साथ लिइरहेको पाइन्छ ।

तीज पर्वलाई नेपाली समाजलाई एउटा नियम अर्थात अनुशासनमा राख्ने कडीको रूपमा पनि लिन सकिन्छ । तर, समय परिस्थितिले पछिल्लो समयमा विकृति पनि भित्रदै गएको छ । फलस्वरूप पछिल्लो समय त पशुपति परिसरमा दोहोरी नै चल्न थाल्यो भजन, चुड्का, ठाडो भाका, काँठे भाकालगायत केटाकेटीहरूको दोहोरीले कतै यो पर्व विकृतितर्फ त उन्मुख हुँदैन भन्ने विश्लेषकहरूको टिप्पणीले पनि स्थान पायो । तर, पछिल्लो समय राजनीतिक पार्टीहरूले महिलाहरूलाई सन्देशमुलक नभइ एक महीना अघिदेखि पार्टी प्यालेसलाई प्रयोग गरी नकारात्मक रूपमा प्रयोग भयो, हालाकी नेतृत्व मुकदर्शकको रूपमा भए ।

धर्म संस्कृति सिध्याउँदै मुलुक पश्चिमा राष्ट्रहरूको देखासेखीतर्फ उन्मुख हुँदै गएको पाइन्छ । त्यसैले बेलैमा सचेत रहौं, संसारमा नेपालबाहेक अन्य कतै नभएको महिलाहरूको महान चाड तीज पर्वको संरक्षणमा हामी सबै सचेत हुन जरूरी छ ।

यसलाई नजानिदो रूपमा राजनीतिक बिसंगती नै भन्दा फरक नपर्ला । अझ पछिल्लो समय कम्युनिष्टहरूको बिगबिगी भयो र यस महान पर्वलाई सामन्ती प्रथाको रूपमा चित्रण गरे । यसले के प्रमाणित हुन्छ भने धर्म संस्कृतिले अनुशानमा राखेको समाजलाई बिखण्डनमा उन्मुख गरायो । हुन त साम्यवादीको धर्मप्रति हिजैदेखि नजानिदो पारामा प्रहार थियो नै, अझ धर्मनिरपेक्षताले उनीहरूको असलीयत प्रष्ट्याइदिएको छ ।

आशा गरौं, भोलिका दिन धर्म, संस्कृति, परम्परा र पहिचान जोगाउनेहरू पनि छन् अर्थात सम्बद्र्धनवादी, जसले यो मुलुकको पहिचान जोगाउँदै सदियौंदेखि चलिआएका रितीरिवाज जगेर्नाको खातिर आफूलाई उभ्याउने छन् भन्ने आशा गर्न सकिन्छ । न धनी न गरीब, यस किसिमको परिपाटी जोगाउनै पर्छ । नत्र पश्चिमाहरूको चंगोलमा देश फस्ने अवश्यम्भावी छ ।

धर्म संस्कृति सिध्याउँदै मुलुक पश्चिमा राष्ट्रहरूको देखासेखीतर्फ उन्मुख हुँदै गएको पाइन्छ । त्यसैले बेलैमा सचेत रहौं, संसारमा नेपालबाहेक अन्य कतै नभएको महिलाहरूको महान चाड तीज पर्वको संरक्षणमा हामी सबै सचेत हुन जरूरी छ । किनभने एक महिला जन्मदैदेखि उनको रूप परिवर्तन हुँदै जान्छ ।

यो समयको परिवर्तनसँगै उनले हरेक परिस्थितिको सामना गरेकी हुन्छिन् । उनले सिकाउने परम्पराको रूपलाई जगेर्ना गर्नै पर्छ । परम्परागत मूल्य र मान्यतालाई स्थापित गरौं यसैमा हामी सबैको कल्याण हुने छ । हरितालिका तीजको शुभकामना । शुभम् ।।

(लेखक ट्रेड युनियन महासंघ नेपाल (टुकोन)का अध्यक्ष हुन्)