बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

काइलीले पाइन् गिफ्टमा ड्रेस

दैनिक नेपाल २०७७ भदौ ४ गते ९:४५

लसएञ्जलस । हलिउड स्टार काइली जेनरले जन्मदिन भव्य रुपमा मनाएकी छन् । जन्मदिन उनका लागि निकै खास समेत रह्यो । जन्मदिनको अवसरमा उनले प्रेमीबाट निकै राम्रो ड्रेस उपहारका रुपमा पाएकी छन् ।

ड्रेसमा खिचिएको बोल्ट अन्दाजका तस्बिर अहिले उनले इन्टरनेटमा शेयर गरेकी छन् । जसलाई फ्यानले निकै मन पराएका छन् । काइलीले तस्बिर इस्टाग्राममार्फत शेयर गरेकी हुन् ।

तस्बिरका साथ उनले ड्रेस गिफ्ट दिनेलाई प्यारा भन्दै धन्यवाद दिएकी छन् । ड्रेस मल्टीकलरको मिनी शार्ट रहेको छ । जसले काइलीलाई हट एण्ड सेक्सी समेत देखाएको छ । ड्रेसका साथ न्युड मेकअप र ओपन हेयर्समा काइली निकै आकर्षक देखिएकी छन् ।

यस लुकमा उनका केही तस्बिर सार्वजनिक भएका छन् । जसलाई फ्यानले कमेन्ट र तारिफका बर्षा गरेका छन् । काइली शोसल मिडियामा पनि निकै सक्रिय रहने अभिनेत्री हुन् । उनी हरहमेसा आफ्नो सुन्दर तस्बिर शेयर गर्ने गर्दछिन् ।

प्रतिक्रिया
सम्बन्धित