
काठमाडौँ, ३ भदौ । नवलपुरमा वुधबार रातीदेखि निषेधाज्ञा जारी भएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुर कोरोनाभाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले कोरोना संक्रमणको जोखिम बढेपछि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले भदौ ९ गतेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको जनाए ।
निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै गतिविधिहरु बन्द हुने बताइएको छ ।
जिल्लाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागु गर्न संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम गतिविधि गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।















प्रतिक्रिया