
काठमाडौँ, ३ भदौ । जाजरकोटमा आएको बाढीले वडा कार्यालय बगाएको छ ।
अविरल वर्षासँगै गएराति जाँत खोलामा आएको बाढीले जिल्लाको शिवालय गाउँपाकिला वडा नम्बर ६ को वडा कार्यालय भवन बगाएको हो ।
बाढीले खोलाको पुल पनि बगाएको प्रहरीले जनाएको छ ।
त्यस्तै, वडा नं. ६ कै केही गाउँका १ सय ५० घर पहिरोको जोखिममा रहेका छन् ।















प्रतिक्रिया