शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नायिका ज्याकलिनले दुई गाउँका जनता पाल्ने

दैनिक नेपाल २०७७ भदौ ३ गते ११:०८

मुम्बई । बलिउड नायिका ज्याकलिन फर्नान्डेजले आफ्नो जन्मदिनका अवसरमा महाराष्ट्रका दुई गाउँका एक हजार पाँच सय ५० मानिसको जिम्मा लिएकी छिन् ।

ज्याकलिनले महाराष्ट्रका पथार्डी र साकुर गाउँका ती मानिसको भरणपोषणको जिम्मा लिएकी हुन् ।

उनले तीन वर्षसम्म गाउँमा रहेका १५ सयभन्दा बढी मानिसका लागि खानेकुराको व्यवस्था गर्नेछिन् ।

ती बासिन्दा आधारभूत आवश्यकताबाट वञ्चित रहेको ज्याकलिनले बताएकी छिन् ।

महिला, बालबालिकालाई पोसिलो खानेकुरा ख्वाउन गाउँमा २० वटा भान्साघर तयार गर्ने ज्याकलिनको योजना छ ।

प्रतिक्रिया
सम्बन्धित