६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ उपत्यकामा भदौ १० गतेसम्मका लागि निषेधाज्ञा

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ भदौ । काठमाडौँ उपत्यकामा वुधबारदेखि एक साताका लागि निषेधाज्ञा जारी भएको छ ।

मंगलबार काठमाडौँ उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा संयन्त्रबीचको बैठकले वुधबार राति १२ बजेदेखि लागू हुनगरी निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

स्रोतका अनुसार भदौ १० गतेसम्म अत्यावश्यक बाहेकका यातायातका साधन चल्न पाउने छैनन् ।

बैठकले खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षा जस्ता सेवा सञ्चालनमा रोक लगाएको छैन ।

सरकारले परिस्थिति हेरर निषेधाज्ञाको जिम्मेवारी जिल्ला प्रशासनलाई दिएको आधारमा उपत्यकाका प्रजिअहरुले यस्तो निर्णय गरेका हुन् ।

मंगलबार मात्र एकैदिनमा उपत्यकामा २०५ जना कोरोना संक्रमित थपिएका थिए ।