
काठमाडौँ, २ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार घिमिरेको १०१ वर्षमा मंगलबार साँझ ६ बजे लैनचौरस्थित आफ्नै निवासमा निधन भएको हो ।
वि.सं. १९७६ असोज ७ गते जन्मेका घिमिरेले नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान गरेका छन् ।
घिमिरे दुई सातादेखि गम्भीर बिरामी भएको र उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो ।
उनी रक्तचाप र मधुमेहको समस्याबाट पनि पीडित थिए ।
घिमिरेले नेपाली शास्त्रीय साहित्यमा विशिष्ट योगदान पुर्याएका छन् ।
राष्ट्रकविको उपाधि पाएका घिमिरे आफ्नो स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका लागि लोकप्रिय छन् ।
उनले नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, आदि विधामा कलम चलाएका छन् । उनका कृतिहरुमा गौरी खण्डकाव्य, नयाँ नेपाल कविता संग्रह आदि हुन् ।















प्रतिक्रिया