६ कार्तिक २०८३, शुक्रबार

पाकिस्तान, जर्मनी र ईयूका लागि राजदूत नियुक्त

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ भदौ । सरकारले युरोपियन युनियन, पाकिस्तान र जर्मनीको लागि राजदूत नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ईयूका लागि नेपाली राजदूतमा गेहेन्द्र राजभण्डारीलाई नियुक्त गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जनाएका छन् ।

भण्डारीलाई बेल्जियम र ईयूका लागि राजदूत नियक्त गरिएको खतिवडाले बताए ।

त्यस्तै, जर्मनीका लागि रामकाजी खड्का र पाकिस्तानका लागि तापस अधिकारीलाई सरकारले नेपाली राजदूत नियक्त गरेको हो । राजदूत नियुक्त गरिएका तीनै जना परराष्ट्र मन्त्रालयका उच्च कर्मचारी हुन् ।