६ कार्तिक २०८३, शुक्रबार

मोरङमा १०५ सहित प्रदेश १ मा थपिए १३९ कोरोना संक्रमित

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ भदौ । प्रदेश १ मा मंगलबार थप १ सय ३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितहरुमा मोरङमा १०५ जना, झापामा २० जना, सुनसरीमा ६ जना, संखुवासभामा २ जना, उदयपुरमा २ जना, पाँचथरमा एक र प्रदेश बाहिरका २ जना रहेका छन् ।

संक्रमितमध्ये ४२ जना महिला र ९७ जना पुरुष रहेका छन् । विराटनगरमा मात्रै ३१ महिला र ६५ पुरुष गरी थप ९६ जना संक्रमित थपिएका छन् ।

त्यस्तै, मंगलबार थप ३४ जना कोरोनामुक्त भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार १ सय ३३ जना पुगेको छ ।