
काठमाडौँ, २ भदौ । कोरोनाभाइरस संक्रमणका कारण नेपालमा थप ७ जनाको मृत्यु पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १ सय १४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा ६ जना पुरुष र एक जना महिला रहेका छन् । मृतकहरु काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र तनहुँका रहेका मन्त्रालयले जनाएको छ ।
त्यस्तै, मंगलबार एकै दिन थप १ हजार १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिएका छन् ।
यससँगै हालसम्म कुल संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।
त्यस्तै, डिस्चार्ज हुनेको संख्या अहिलेसम्म १७ हजार ५ सय ८० जना पुगेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर १० हजार ५ सय ६३ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितमध्ये ६२.२ प्रतिशत निको भएका छन् ।
पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै पीसीआर परीक्षण १३ हजार ४ सय ६१ वटा नमुनाको गरिएको थियो ।
अहिले मुलुकभर १३ हजार ९ सय २६ जना क्वारेन्टिनमा रहेका छन् ।















प्रतिक्रिया