६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ उपत्यकामा एकै दिनमा थपिए २०५ कोरोना संक्रमित

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २ भदौ । काठमाडौँ उपत्यकामा मंगलबार थप २ सय ५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमार्फत गत २४ घण्टामा उपत्यकामा थप २ सय ५ जनामा संक्रमण देखिएको जनाएका छन् ।

गौतमका अनुसार काठमाडौँ जिल्लामा १ सय ३८ जना, ललितपुरमा ५० जना र भक्तपुरमा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

देशभर मंगलबार एकै दिन थप १ हजार १६ जना कोरोना संक्रमित थपिएका छन् ।