बुधबार, २६ वैशाख २०८१
DainikNepal.com
बुधबार, २६ वैशाख २०८१

दुबईका राजकुरकाे गाडीमा चराकाे गुँड

दैनिक नेपाल २०७७ भदौ २ गते ७:२६

दुबई । दुबईका राजकुरमा शेख हमदन बिन मोहम्मद बिन राशिद अल मकतुमको सम्पत्तिको विषयमा सायदै कोही जानकार नहोलान् । ३७ वर्षीय राशिद उनको अचम्मको बानीका कारण चर्चित छन् ।

कवि ह्दयका राशिद ‘फाजा’ को उपनामले पनि चिनिन्छन्। शेख मोहम्मद बिन रसिद अल मकदुमका १२ सन्तानमध्ये दोस्रो छोरा फाजाको सम्पत्ति मात्र ४०० मिलियन डलर रहेको छ ।

उनीसँग महंगो गाडीको सिरिज नै छ । भर्खरै मात्र फाजाको महंगो गाडी मर्सिडीज ‘एसयुवी’ मा एउटा चराले गुँड बनाएको थियो । यो देखेपछि फाजाले आफ्नो त्यो गाडी नै प्रयोग गर्न बन्द गरेका थिए । पछि चराले यही गाडीमा अन्डा पार्‍याे । अहिले बच्चालाई जन्म दिएको छ ।

चरालाई गुँडसम्म पुग्न गाह्रो नपरोस् भनेर फाजाले आफ्नो मर्सेडीज गाडीलाई अलग्यै राखेर सुरक्षाका लागि रातो टेपले घेराबन्दी गरेका थिए ।

यही १२ अगस्टमा फाजाले आफ्नो इन्स्टाग्राममा चराको १ मिनेट २० सेकेन्डको भिडियो सार्वजनिक गरेका थिए । जसमा चराले गुँड बनाउँदै गरेको, अण्डा दिएको तथा बच्चा जन्माएको क्षण समावेश गरिएको थियो ।

यो भिडियो अहिले निकै भाइरल भएको छ । २३ घण्टाभित्रै भिडियोलाई १६ लाख मानिसले हेरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित