३० आश्विन २०८३, शुक्रबार

धनुषामा ९ जना कोरोना संक्रमितको मृत्यु

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, १ भदौ । धनुषामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

धनौजी गाउँपालिका–३ कटैया निवासी ६५ बर्षीय पुरुषको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार ती पुरुष बिरामी परेर गत साउन २६ गते अस्पताल भर्ना भएका थिए ।

उनको सोही दिन स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । साउन ३१ गते रिपोर्ट आउँदा कोरोना संक्रमण पुष्टि भएको थियो ।

योसँगै धनुषामा कोराना संक्रमति भएर मृत्यु हुनेको संख्या ९ पुगेको छ ।