३० आश्विन २०८३, शुक्रबार

माडी नगरपालिकाबाहेक चितवनका सबै स्थानीय तहमा निषेधाज्ञा, प्रहरी परिचालन बढाइयो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १ भदौ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण बढेपछि चितवनको माडी नगरपालिकाबाहेक सबै स्थानीय तहमा निषेधाज्ञा घोषणा गरिएको छ भने प्रहरी परिचालनलाई तीव्र पारिएको छ ।

कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्न चितवन प्रहरीले सीमा चेकचाँजलाई तीव्र पारेको हो । जिल्लाको मातहतका सबै यूनिटमा गरेर करीब ६०० भन्दा बढी प्रहरी परिचालन गरेको चितवनका प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिए ।

शुक्रबारबाट भरतपुर महानगरले निषेधाज्ञा शुरू गरे पनि ईच्छाकामना गाँउपालिकासहित रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाले भने शनिबार रातीदेखि लागू हुने गरी निषेधाज्ञा घोषणा गरेका थिए ।

स्मार्ट निषेधाज्ञा भएको भन्दै एसपी गुरुङले कोरोना महामारीविरुद्धको लडाइँको अग्रमोर्चामा नेपाल प्रहरी खटिएको बताए । चितवनमा जोखिम कम गर्न चौबीसघण्टे ‘ड्यूटी र अन द स्पट कारबाही समेत लागू गरेको उनले बताए ।

‘उच्च जोखिम बढेसँगै थप संक्रमण फैलनबाट रोक्न चेकजाँच र अनुगमनमा कडाइ गरेका छौं’, एसपी गुरुङले भने, ‘उत्तर सीमा पर्ने ईच्छाकामना, पश्चिम नाका भरतपुर महानगर नारायणी पुल र पूर्वी नाकाको राप्ती नगरको लोथरमा विशेष सुरक्षा मापदण्ड पालनामा कडाइ गर्न अनुगमन टोलीलाई थप सक्रिय परेका छौँ ।’ एसपी गुरुङले जोखिम न्यूनीकरणका लागि सचेतना अभियानसँगै निषेधाज्ञा तोड्ने नियन्त्रणमा लिई कारबाही गर्न चितवन प्रहरी सफल भएको बताए ।

एसपी गुरुङ आफै फिलडमा उत्रिएर पुलचोक, मुग्लिन, आँपटारी, शहीदचोक, लायन्सचोक, वीरेन्द्र क्याम्पस, हाकिमचोक, गोन्द्राङ, टिकौली, टाँडी बजार, खैरहनी पसौ बजार, भण्डारा, लोथर र गीतानगर, चनौली लगायतका ठाँउमा विशेष टोली खटाएका छन् । यस्तै सुरक्षालाई थप मजबुत बनाउन तीनै तहका नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी चोक सडकमा एसपी गुरुगं समन्वय गदै उतारेका छन् ।

१४ लाख बढी राजश्व संकलन

यसैबीच मास्कको प्रयोग नगरी हिँड्ने १ हजार २०० जनाभन्दा बढीलाई नियन्त्रणमा लिई छाडिएको छ । लकडाउनको समयमा मात्रै ११ लाख ८० हजार रुपैयाँ र निषेधाज्ञा लागू गरेपछि ३ लाख रुपैयाँ बढी राजश्व समेत संकनल भएको एसपी गुरुङले बताए ।

प्रहरीले नषेधाज्ञाको सामाजिक दूरी कायम नगरेको भन्दै जरीवान ५०० र माक्स प्रयोग नगर्नेलाई १ सय रुपैयाँ जरीवान अन द स्पट गराउँदै आएको छ ।

२५ सय सवारी साधन फिर्ता

यस्तै चितवन हुँदै अन्य जिल्ला तथा राजधानी प्रवेश गर्न खोज्ने सवारी साधनलाई प्रवेशविन्दु मै फर्काइएको छ । विनाअनुमति चितवनमा प्रवेश गर्न खोज्नेलाई प्रवेश नाकाबाटै फिर्ता पठाइएको चितवन प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार निषेधाज्ञाकै क्रममा पुल्चोक नाकाबाट मात्रै साइकल, मोटरसाइकल, सानो र ठूलो सवारी गरी १५ वटा सवारीसाधन र लोथर नाकाबाट १ हजार सवारीसाधन फिर्ता पठाइएको बताए ।

यस्तै आँपटारीबाट १ हजार जनालाई आधादेखि १ घण्टा होल्ड गरि फर्ता पठाईएको उनको भनाइ छ । कोरोना नियन्त्रणमा नागरिक स्वयम् सचेत नभई राज्यको तर्फबाट मात्र गरिएको प्रयासबाट संक्रमण नियन्त्रण र न्यूनीकरणको काम प्रभावकारी नहुने भएकाले आम नागरिकलाई प्रकोप नियन्त्रणमा सहयोग गर्न समेत चितवनका सबै स्थानीय तहले आग्रह पनि गरेको छन् ।

चितवनमा कोरोना नियन्त्रण र निषेधाज्ञा सफल पार्न ८ वटा मोबाइल गस्ती गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले दुई दिनमा री चितवनका विभिन्न नाकाको यात्रु तथा चालक कार्वाहीसँगै सचेतना दिने र सम्झाइ बुझाइ छाडेको जानकारी दिए ।

यस्तै चितवनमा नेपाली सेनाको कालिबहादुर गणका झण्डै १५० जना भन्दा बढी सेना र सशस्त्र प्रहरीको गढीमाई बाहिनी अन्र्तगत चितवनमा शसस्त्र प्रहरी बलका २०० जना परिचालित समेत समन्वय गरी परिचान भएको चितवन प्रहरीले जनाएको छ ।