
हेटौडा, १ भदौ । बागमती प्रदेश प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणका लागि आइतबार सवारी साधनमा राखिएका झल्लरहरू हटाएको छ ।
सवारी दुर्घटना न्यूनीकरणका लागि वार्षिक कार्ययोजना अन्तर्गत गत असार २ गतेबाट सञ्चालित उक्त अभियान अन्तर्गत आइतबारसम्म १ हजार ५०२ वटा सवारीसाधनमा राखिएका १ हजार ८५० वटा झल्लरहरू हटाइएको हो ।
सजावटका लागि सवारीसाधनको अगाडि सिसा छेउमा जडान गरिएका झल्लरका कारण चालकले अगाडिको दृश्य राम्ररी नदेख्ने हुँदा दुर्घटनाको सम्भावना भएको भन्दै ट्रक, टिपर, बस लगायतका सवारीसाधनमा राखिएका ती झल्लरहरू हटाइएको हो ।
साथै सवारी दुर्घटना न्यूनीकरणका लागि वार्षिक कार्ययोजना तयार गरी विभिन्न कार्यक्रम र अभियान सञ्चालन गरिरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।















प्रतिक्रिया