३० आश्विन २०८३, शुक्रबार

नारायणी नदीले ‘केटो’ बगायो, उद्धार गर्न सकिएन

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १ भदौ । नारायणी नदीले गैँडाको बच्चा (केटो) बगाएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार निकुञ्जको पश्चिमी सेक्टरअन्तर्गत नवलपरासीतर्फको सेरीधजाबाट शनिबार बग्दै गरेको केटो देखिएपछि उद्धारको प्रयास गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

अन्दाजी दुई–तीन वर्षको केटोको खोजीका लागि सम्बन्धित पोष्टबाट परिचालन गरिएको भए पनि उद्धार गर्न भन सकिएको छैन ।

यसअघि विसं २०७४ मा आएको बाढीसँगै बढेको राप्ती र नारायणीले बगाएर धेरै गैँडा भारत पुगेका थिए । भारत र नेपाली सीमाबाट १३ वटा गैँडा उद्धार गरी निकुञ्ज ल्याइएको थियो ।