३० आश्विन २०८३, शुक्रबार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० नाघ्यो, २६ लाख ४७ हजार संक्रमित

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँदिल्ली, १ भदौ । भारतमा कोरोना भाइरसका कारणबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघेको छ ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार सोमबारसम्म कोरोना संक्रमितमध्ये ५० हजार ९२१ जनाले ज्यान गुमाएका छन् । पछिल्लो समय भारतमा दैनिक हजारको हाराहारीमा संक्रमितको मृत्यु भइरहेको छ भने ५० हजारभन्दा बढी संक्रमित थपिइरहेका छन् ।

अहिलेसम्म भारतमा २६ लाख ४७ हजार ६६३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । तीमध्ये १९ लाख १९ हजार ८४२ जना निको भएको र ७ लाख ३१ हजार ६९७ जनाको उपचार भइरहेको टाइम्स अफ इन्डियाले जनाएको छ ।