३० आश्विन २०८३, शुक्रबार

हजुरआमाको मलामी गएका युवक महाकालीमै वेपत्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, १ भदौ । कञ्चनपुरमा मलामी गएका एकजना युवक महाकाली नदीमा बगेर बेपत्ता भएका छन् ।

आफ्नी हजुरआमाको मलामी गएका बेदकोट नगरपालिका–७ गाउजीका अन्दाजी १७ वर्षीय युवक जनक साउद महाकाली नदीमा बगेर बेपत्ता भएका हुन् ।

उनी हजुरआमा बितेको खबर पाएपछि सोमबार बिहान तुमनाडीस्थित हजुरआमाको घर गएका थिए । हजुरआमाको मलामी गएका उनी अन्त्येष्टिका लागि नदीमा पानीको बहाव हेर्न जाँदा महाकालीले बगाएको प्रहरीले जनाएको छ ।

ब्रह्मदेवस्थित महाकाली नदीको घाटमा बगेर बेपत्ता भएका साउदको खोजीका लागि नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । बिहान करीब ९ बजे बगेर बेपत्ता भएका उनको खोजी कार्य जारी छ ।