३० आश्विन २०८३, शुक्रबार

कोरोना उपचारका लागि ‘रेम्डेसिभिर’ खरीद गर्न ३ वटा कम्पनीलाई अनुमति

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ भदौ । कोरोना संक्रमितको उपचारमा प्रयोग हुने औषधि ‘रेम्डेसिभिर’ खरीद गर्न ३ वटा निजी कम्पनीलाई अनुमति दिइएको छ ।

औषधि व्यवस्था विभागले मापदण्ड पुगेका ३ वटा निजी कम्पनीलाई रेम्डेसिभिर खरीद गर्ने अनुमति प्रदान गरेको हो । विभागले यती फर्मा, सिनर्जी ओभर्सिस र भियोभिस लाइभ साइन्सेसलाई रेम्डेसिभिर आयात गर्न अनुमति दिइएको हो ।

कोरोना संक्रमतिको उपचारमा अत्यधिक प्रयोग गरिएको र हकेही हदसम्म सफल समेत मानिएको यो औषधि अन्य धेरै देशले प्रयोगको अनुमति दिइसकेका छन् । सोही आधारमा नेपालले पनि यो आषधिलाई अनुमति दिएको विभागको भनाइ छ ।

आयात भएपछि रेम्डेसिभिर नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग समन्वय गरेर प्रयोग गरिने बताइएको छ ।

‘एन्टी भाइरल ड्रग’को रुपमा रहेको यो औषधि संक्रमितलाई दिएपछि यसले भाइरसलाई परास्त गर्न सघाउ पुर्‍याउने छ । जसले गर्दा संक्रमित चाँडै निको भएर घर फर्कन सक्छन् ।