बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

सार्वजनिक बसमा डिजिटल भुक्तानीका लागि सुन्दर यातायात र ई–ढेवाबीच सम्झौता

दैनिक नेपाल २०७७ साउन ३२ गते २२:४३

काठमाडौं, ३२ साउन । नेपालमा पहिलोपटक विद्युतीय सवारी सञ्चालन गरेको सुन्दर यातायात प्रालिले सार्वजनिक यातायातमा विद्युतीय भुक्तानीको प्रणाली (डिजिटल पेमेन्ट सिस्टम) शुरू गरेको छ ।

आइतवार कम्पनीले विद्युतीय स्मार्ट कार्ड सञ्चालनमा ल्याएको हो । कम्पनीले डिजिटल पेमेन्ट सम्बन्धी काम गरिरहेको ई–ढेवा प्रालिसँग सहकार्य गरी २०० ओटा कार्डमार्फत यो सेवा शुरू गरेको हो ।

यो कार्डको शुरुआत भएसँगै पैसा बोकिराख्नुपर्ने झन्झट नभई कार्डमार्फत बस भाडा भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ । कोरोना संक्रमणको बढ्दो जोखिम न्यूनीकरणमा समेत यसले टेवा पुग्ने अपेक्षा कम्पनीका अध्यक्ष भेषबहादुर थापाले गरे ।

कम्पनीको यो कार्ड डिजिटल भुक्तानीको सुविधा भएका सबै सार्वजनिक यातायातमा प्रयोग गर्न सकिनेछ । हाल काठमाडौंमा सञ्चालित कम्पनीका चारओटा विद्युतीय बसमा यो सेवा शुरु गरिए पनि अन्य बसमा पनि सेवा विस्तार गर्ने योजना कम्पनीको छ ।

यो काड ई–ढेवामार्फत रू. २०० र ५०० मा खरीद गर्न सकिनेछ । २०० मा खरीद गरिएको कार्ड अन्य ठाउँमा प्रयोग गर्न नमिल्ने र ५०० रुपैयाँमा खरीद गरिएको कार्ड पुस्तक पसल, डिपार्टमेन्ट स्टोर र ई–ढेवामा समेत प्रयोग गर्न मिल्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित