३० आश्विन २०८३, शुक्रबार

थप ६४१ जनासहित कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुग्यो

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । पछिल्लो २४ घण्टामा देशभर ६४१ जना कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा दिइएको जानकारी अनुसार कुल १२ हजार २४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६४१ जनामा संक्रमण पुष्टि भएको हो । आइतबार थप भएका ६४१ जनासहित मुलुकभर कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको छ ।

हाल देशभर ९ हजार २४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १७२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् ।