३० आश्विन २०८३, शुक्रबार

ग्लोबल आईएमई बैंकको सीईओमा रत्नराज बज्राचार्य नियुक्त

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा दोस्रोपटक रत्नराज बज्राचार्य नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको बैठकले बज्राचार्यलाई ४ वर्षका लागि नियुक्त गरेको हो ।

बज्राचार्यले करीब ५ वर्षअघि पनि सोही बैंकको प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरेका थिए । चार्टर्ड एकाउन्टेन्ट बज्राचार्यले त्यसअघि सनराइज र एनसीसी बैंकमा पनि सीईओको रूपमा काम गरिसकेका छन् ।

तत्कालिन सीईओ परशुराम कुँवरले राजीनामा दिएपछि ग्लोबल आईएमईमा सीइओ पद खाली थियो ।