३० आश्विन २०८३, शुक्रबार

राजधानीमै आइसोलेसन बेड अभाव, संक्रमितको दर तीव्र वृद्धि

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३२ साउन । राजधानी काठमाडौंमै आइसोलेसन बेड अभाव देखिएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा राजधानी काठमाडौंसहित उपत्यकामै बेड अभाव हुन थालेको हो ।

राजधानीका कोभिड अस्पतालमा क्षमताभन्दा बढी संक्रमित भर्ना गरिएका छन् भने सक्रिय संक्रमितमध्ये आधाभन्दा बढी घरमै बसिरहेका छन् ।

अहिले काठमाडौं उपत्यकाका ११ वटा अस्पतालमा कोरोना संक्रमितको उपचार भइरहेको छ । ती अस्पतालमध्ये ५ वटा अस्पतालमा क्षमताभन्दा बढी कोरोना संक्रमित उपचार गराइरहेका बताइएको छ ।

हाल देशभर सक्रिय संक्रमित ८ हजार ७१६ र उपत्यकामा मात्रै १ हजार ५७२ छन् । उपत्यकामा रहेका सक्रिय संक्रमितमध्ये ७३५ जना मात्रै अस्पताल भर्ना भएका छन् । ८३७ जना अस्पतालबाहिरै छन् ।

संक्रमित भर्ना भएका अस्पतालमा पनि क्षमताभन्दा बढी भर्ना भएका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जका कोभिड संयोजक डा. सन्तकुमार दासका अनुसार ८ शय्या मात्रै आइसोलेसनको सुविधा रहेको अस्पतालमा २४ संक्रमित भर्ना भएका छन् ।

१२० जना क्षमता रहेको एपीएफ अस्पतालमा १४८, १०० जना क्षमता रहेको कीर्तिपुर आयुर्वेद असस्पतालमा १६९, ८ जना क्षमता रहेको धुलिखेल अस्पतालमा २३ र ५ जना क्षमता रहेको प्रहरी अस्पतालमा १६८ जना भर्ना गरिएको छ ।