
महोत्तरी, ३२ साउन । कोरोना विशेष अस्पताल जलेश्वरमा पाँच थान भेन्टिलेटर जडान गरिएको छ ।
प्रदेश २ मा कोरोना सङ्क्रमणबाट थप जोखिम हुन नदिन महोत्तरीको सदरमुकाम जलेश्वरस्थित कोरोना विशेष अस्पतालमा भेन्टिलेटर जडान गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले जानकारी दिए ।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा कोभिड अस्पतालमा भेन्टिलेटरसहितको आइसीयु सेवा सञ्चालनमा ल्याइएको हो ।
अस्पतालमा हाल ४२ जना कोरोना सङ्क्रमित उपचाररत रहेका छन् भने चार/पाँच जनामा मात्रै कोरोनाको लक्षण देखिएको छ । सबैको अवस्था सामान्य छ ।















प्रतिक्रिया