
काठमाडौं, ३२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गरेको छ ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान गर्न कार्यदल गठन भएलगत्तै मन्त्रिमण्डल पुनर्गठनको तयारी भएको हो ।
पार्टीभित्र देखा परेको विवाद समाधान गर्न अध्यक्षद्वय केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत शुक्रबार महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका थिए ।
कार्यदलमा भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुषाल र सुरेन्द्र पाण्डे सदस्य छन् ।
कार्यदलले अध्यक्षद्वयलाई प्रतिवेदन बुझाएलगत्तै सोही प्रतिवेदनका आधारमा मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी भएको स्रोतको भनाइ छ ।
स्रोेतका अनुसार २ वर्ष मन्त्री भइसकेका र राम्रो पर्फमेन्स देखाउन नसकेका मन्त्रीहरुलाई सरकारबाट हटाउने तयारी छ ।
तिनका स्थानमा भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, पम्फा भुषाल, देवेन्द्र पौडेल लगायतलाई मौका दिने तयारी भएको समेत बताइएको छ ।















प्रतिक्रिया