आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

सुनको मूल्य साताको शुरुमा २०० रुपैयाँ घट्यो, महीनाभर करीब ६ हजार वृद्धि

दैनिक नेपाल २०७७ साउन ३२ गते ११:३६

काठमाडौं, ३२ साउन । साताको शुरु दिन आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको छ ।

साताको अन्तिम दिन शुक्रबार ८०० रुपैयाँले बढेर प्रतितोला ९८ हजार ६०० रुपैयाँ पुगेको सुनको मूल्य आज आइतबार ९८ हजार ४०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

गत बिहीबार र शुक्रबार उकालो लागेको चाँदीको मूल्य भने आज प्रतितोला ३० रुपैयाँले घटेको छ । चाँदीको मूल्य आज प्रतितोला १ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

गत मंगलबार अहिलेसम्मकै महँगो तोलाको १ हजार ४३५ रुपैयाँ पुगेको चाँदीको मूल्य बुधबार एकैदिन तोलामा २२५ रुपैयाँले घटेको थियो ।

मूल्य बढेर यो महीना करीब दिनदिनै नयाँ–नयाँ रेकर्ड बनाएको सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँसम्म पुग्यो । साउन १ गते तोलाको ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य अन्तिम दिन आज तोलाको ९८ हजार ४०० रुपैयाँ पुगेको छ ।

तीव्र उतारचढावका बीच यो महीना सुनको मूल्य औसतमा ५ हजार ७०० रुपैयाँ बढेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित