
अमेरिका, ३२ साउन । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ ।
डोनल्डभन्दा २ वर्ष कान्छा रोबर्ट ट्रम्प ७१ वर्षका थिए । उनको न्यूयोर्कस्थित अस्पतालमा उपचार भइरहेको थियो । डोनल्ड ट्रम्पले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।
ट्रम्पले न्यूयोर्क सिटी अस्पतालमा भर्ना भएका भाइलाई शुक्रबार भेटेका थिए । उनको मृत्युको कारण भने खुलाइएको छैन ।
‘मेरो भाइ रोबर्टको शान्तिपूर्ण निधन भएको खबर निकै दुःखी मनसहित सुनाउँदैछु’, ट्रम्पले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उनी मेरा भाइमात्रै थिएनन्, मिल्ने साथी पनि थिए, उसलाई म असाध्यै मिस गर्नेछु । तर, हाम्रो पछि पुनः भेट हुनेछ । उनको स्मरण मेरो मुटुमा सदाका लागि रहिरहने छ । रोबर्ट म तिमीलाई माया गर्छु ।’
रोबर्ट रियलस्टेट कारोबारी हुन् भने न्यूयोर्क राज्यका अर्ध सेवानिवृत्त पनि हुन् ।















प्रतिक्रिया