३० आश्विन २०८३, शुक्रबार

लिदीको पहिरोमा ज्यान गुमाउनेका परिवारलाई १ लाख रुपैयाँ दिइने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, ३१ साउन । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान आएको भीषण पहिरोमा परी ज्यान गुमाउनेका परिवारलाई १/१ लाख रुपैयाँ दिइने भएको छ ।

जुगल विपत व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम दिने निर्णय गरेको हो । काजकिरियाका लागि परिवारलाई तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए ।

यस्तै दुवै अभिभावक गुमाएका बालबालिकाको हकमा कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गरिदिने निर्णय पनि गाउँपालिकाले गरेको छ ।

यस्तै घरवारविहीन नागरिकको सुरक्षित र स्थायी आवास निर्माणका लागि संघ र प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय पनि विपत व्यवस्थापन समितिले गरेको छ ।

यो पनि पढ्नुहोस्–