३० आश्विन २०८३, शुक्रबार

बुटवलमा कपिलवस्तुका कोरोना संक्रमितको मृत्यु

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ३१ साउन । बुटवलमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुको मायादेवी गाउँपालिका–७ का ४२ वर्षीय एक पुरुषको ज्यान गएको हो । उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

अस्पतालका अनुसार मृतकको शुरुआती रिपोर्ट नेगेटिभ आए पनि जिन एक्सपर्ट मेशिनमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।