
काठमाडौं, ३१ साउन । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण आम मानिसलाई जीवन जोगाउन मुस्किल परिरहेको बेला नेपाल विद्यार्थी संघ (नेविसंघ) भने क्याम्पसहरुमा तालाबन्दीको राजनीतिमा उत्रिएको छ ।
नेपाली कांग्रेससम्वद्ध सो विद्यार्थी संगठनले उपत्यकाका सबै सरकारी क्याम्पसहरुमा लाताबन्दी गरेको बताएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै नेविसंघले उपत्यकाका त्रिचन्द्र, रत्नराज्य (आरआर), पाटन, शंकरदेव र सानोठिमीलगायत क्याम्पसमा तालाबन्दी गरिएको जानकारी दिएको छ ।
त्रिभुवन विश्वविद्यालयले नेविसंघका ७ जना कार्यकर्तालाई झुटा मुद्दा लगाएको भन्दै उनीहरूले क्याम्पसहरूमा ताला लगाएर विरोध गरेको विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
‘आफ्ना जायज माग राखेर शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीलाई गिरफ्तार गरी झुटा मुद्दा लगाएर गिरफ्तार गरिएकोप्रति उनीहरुको आपत्ति छ ।
‘काठमाडौं र वीरगञ्जमा गिरफ्तार गरिएका नेताहरू तुरून्त रिहाइ हुनु पर्ने उनीहरुको जोडदार माग छ ।
त्रिविमा नेविसंघले उपकुलपति कार्यालयसहित कार्यालयहरूमा तोडफोड गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको थियो । यस्तै वीरगञ्जमा प्रमुख जिल्ला अधिकारीकहाँ ज्ञापनपत्र बुझाउन जाँदै गरेकालाई निषेधाज्ञा उलंघन गरेको आरोपमा नियन्त्रणमा लिइएको थियो ।
तर, नेविसंघले भने कुलपति आफैंले सुनियोजित ढंगले तोडफोड गराई दोष भने नेविसंघलाई लगाएको दाबी समेत विज्ञप्तिमार्फत गरेको छ । उपकुलपतिलाई इँटाको जवाफ पत्थरले दिने धम्की समेत दिएका छन् ।
हेर्नुहोस् विज्ञप्ति–
















प्रतिक्रिया