
पोखरा, ३१ साउन । पोखराका ११ जनासहित गण्डकी प्रदेशमा १८ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले शनिबार बिहान पोखरा–५ का ३९ वर्षीय पुरुष तथा पोखरा–८ का ३५ वर्षीय पुरुष र १५ वर्षीया युवतीमा कोरोना संक्रमण देखिएको जानकारी दिएको छ ।
यस्तै पोखरा महानगरकै वडाहरु १, १०, १४, १७ र २७ का ८ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको हो बताइएको छ ।
त्यसैगरी तनहुँका २ जना, बागलुङका २ जना, गोरखा, स्याङजा र नवलपुरका १/१ जना गरी शनिबार बिहानसम्ममा १८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लगिएको छ । थप संख्यासहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७०० पुगेको छ ।















प्रतिक्रिया