३ कार्तिक २०८३, मंगलबार

सुशान्त प्रकरणमा सीबीआईले जाँच गर्नुपर्छः कंगना

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड नायिका कंगना रनावतले सुशान्तसिंह राजपूतको आत्महत्या घटनालाई सीबीआईको तर्फबाट जाँच हुनुपर्ने माग गरेकी छिन् ।

कंगनाले सामाजिक सञ्जालमा सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणको जाँच सीबीआईको तर्फबाट गम्भीर रूपमा हुनुपर्ने माग गरेकी हुन् । उनले अहिलेको जाँच गम्भीर रूपमा नभएको जिकिर गरेकी छिन् ।

सुशान्तकी बहिनी श्वेता कृतिले एक भिडियो सेयर गर्दै सुशान्तको आत्महत्या प्रकरणलाई सीबीआईका तर्फबाट सूक्ष्म रूपमा अनुसन्धान हुनुपर्ने भन्ने सिनेकर्मीदेखि प्रशंसकहरूको मागलाई उठाएकी छिन् ।

बहिनी श्वेतासहित प्रशंसकबाट सामाजिक सञ्जालमा यस्तो माग उठेपछि सुशान्तको न्यायका लागि अभियान चलाएकी अभिनेत्री कंगनालाई केही समर्थन मिलेको छ । सुशान्तले जसरी पनि न्याय पाउनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने भन्दै अभिनेत्री कंगनाले आवाज उठाइरहेकी छिन् ।

यो घटनाको वास्तविकता के हो त्यो जान्ने अधिकारी परिवारसहित आफूहरूलाई भएको भन्दै सत्यतथ्य बाहिर ल्याउन अभिनेत्री कंगनाले माग गरेकी हुन् ।