३० आश्विन २०८३, शुक्रबार

कमल थापाको टिप्पणी : नेकपा सत्ताको छिनाझप्टिमा, कांग्रेस प्रभावहीन

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले दुईतिहाई बहुमतको सरकारले जनताको विश्वासलाई सदुपयोग गर्न नसकेको आरोप लगाएका छन् ।

सत्ताको छिनाझप्टिका कारण ‘गाईजात्रा’ देखाएएर जनमतको उपहास गरेको उनको उनको आरोप छ ।

पार्टी सम्बद्ध ट्रेड युनियन महासंघ नेपाल (टुकोन) द्वारा प्रकाशित मुखपत्र ‘परिश्रम’ त्रैमासिक बुलेटिनको शुक्रबार एक ‘प्रतिबन्धित’ सामारोहकाबीच विमोचन गर्दै अध्यक्ष थापाले मुलुकका जल्दाबल्दा समस्या समाधान गर्न सरकार पूर्णरुपमा असफल भएको र जिम्मेवारीबाट च्युत हुँदै गएको आरोप लागएका हुन् ।

मन्त्रीका वरपर बस्ने आसेपासेहरु नै भ्रष्टाचारमा लिप्त भएको भन्दै अध्यक्ष थापाले कोरोना महामारीका बीचमा भएका भ्रष्टाचार अक्षम्य भएको बताए । सर्वसत्तावाद, भ्रष्टाचार र धर्म परिवर्तन अहिलेको प्रमुख समस्या भएको भन्दै थापाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रभावहीन बनेको बताए ।

देशका जल्दाबल्दा समस्या समाधानमा सरकारसँग कुनै नीति, योजना र कार्यक्रम नभएको आरोप पनि लगाएका छन् ।

‘यस्तो बेलामा मुलुकमा भरपर्दो र इमानदार शक्तिको आबश्यकता छ’, थापाले भने, ‘त्यो पूरा गर्न राप्रपा एकता भएको हो भन्दै थापाले एकता भाँड्न र सफल हुन नदिन चलखेल भइइराखेका छन् ।’ त्यससलाई चिरेर राप्रपा अघि बढ्ने उनको भनाइ छ ।

राप्रपा विदेशी शक्तिको चाकरी र इशारामा नचल्ने स्वाभिमानीहरुको राष्ट्रबादी शक्ति भएको दाबी गर्दै अध्यक्ष थापाले कोरोना महामारीमा पिल्सिएका जनता, उद्योगी, व्यवसायी र मजदुरको हितमा काम गर्न सरकारलाई आग्रह गरेका छन् ।

मजदुरहरुको आवाजलाई बाहिर ल्याउन बुटेटिन प्रकाशित गरिएको संगठनका अध्यक्ष हिक्मतसिंह भण्डारीले बताए । पत्रिकाको सम्पादन कृष्ण खनालले गरेका छन् ।