
काठमाडौं, ३० साउन । काठमाडौंको न्यूरोड क्षेत्रका १ जना व्यापारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै विशालबजार क्षेत्रमा पसलहरु खोल्न रोक लगाइएको छ ।
न्यूरोडको विशालबजारदेखि इन्द्रचोकसम्मका पसलहरु बन्द गरिएको प्रहरीले बताएका छ । शुक्रबारबाटै लागू हुने गरी भदौ ७ गतेसम्म त्यस क्षेत्रका सबै पसलहरु बन्द गर्न काठमाडौं महानगरपालिका–२४ ले अनुरोध गरेको छ ।
वडा कार्यालयले विज्ञप्ती जारी गर्दै न्यूरोड क्षेत्रमा कोरोना संक्रमण नियन्त्रण गर्न आवश्यक रहेकाले साउन ३० गतेदेखि भदौ ७ गतेसम्म जुद्ध सालिकलदेखि इन्द्रचोकसम्मका पसल, व्यवसाय बन्द गर्न अनुरोध गरेको छ ।















प्रतिक्रिया