३० आश्विन २०८३, शुक्रबार

नेकपाको विवाद समाधानका लागि महासचिव पौडेलको संयोजकत्वमा कार्यदल गठन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० साउन । सत्तारुढ नेकपाले आन्तरिक विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटरमा भएको अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार भएको छलफलले महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलमा नेताहरु शंकर पोखरेल, जनार्दन शर्मा, भीम रावल, सुरेन्द्र पाण्डे र पम्फा भुसाल छन् ।

कार्यदलको प्रतिवेदनका आधारमा छलफल गरेर सहमतिमा पुग्ने बताइएको छ ।

आजको छलफलमा प्रधानमन्त्री ओलीले दुबै पदबाट आफूलाई नहटाउन आग्रह गर्दै पार्टीको निर्णयअनुसार चल्ने, सरकारका निर्णय सचिवालय बैठकबाट अनुमोदन गर्ने, संघीय र प्रादेशिक मन्त्रिपरिषद् पुनर्गठन गर्ने, आफ्ना कमीकमजोरीप्रति आत्मालोचना गर्ने र बैचारिक विवाद महाधिवेशनबाट समाधान गर्ने प्रस्ताव गरेको बताइएको छ ।