
काठमाडौं, ३० साउन । आज शुक्रबार रातिदेखि पानी पर्ने क्रम फेरि क्रमशः बढ्ने मौसमविद्ले बताएका छन् ।
मनसुनी न्यूनचापीय रेखा नेपाल नजिकै आउन लागेकाले रातिदेखि पानी पर्ने क्रम क्रमशः बढ्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
तर, पानी पर्दा नजिकै ठूलो पानी परे पनि नजिकै अर्को ठाउँमा पानी नपर्न पनि सक्ने महाशाखाको भनाइ छ । अहिले देशका केही ठाउँको मौसम खुलेको भए पनि प्रदेश १, वागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।
अहिले खुलेको ठाउँको मौसम पनि बिस्तारै बादल लागेर केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको बताइएको छ ।
महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पनि पर्ने सम्भावना रहेको छ ।
यस्तै राती प्रदेश १, बागमती प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएको छ ।
महाशाखाका अनुसार अनुसार आजको भन्दा भोलि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।















प्रतिक्रिया