आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

आज पनि बढ्यो सुनचाँदीको मूल्य

दैनिक नेपाल २०७७ साउन ३० गते ११:२५

काठमाडौं, ३० साउन । शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ ।

शुक्रबार तोलामा ८०० रुपैयाँ बढेर तोलाको ९८ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ ।

बुधबार एकैदिन तोलामा ६ हजार २०० रुपैयाँ घटेको सुनको मूल्य बिहीबार भने २ हजार ४०० रुपैयाँले बढेको थियो । त्यही मूल्यमा शुक्रबार सुन तोलामा ८०० रुपैयाँ महँगो भएको हो ।

यस्तै चाँदी मूल्य तोलामा ६० रुपैयाँ बढेको छ । चाँदी शुक्रबार तोलाको एक हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित