३० आश्विन २०८३, शुक्रबार

हेलिकोप्टर चढेर पहिरो प्रभावित क्षेत्र गए सभामुख अग्नी सापकोटा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, ३० साउन । सभामुख अग्निप्रसाद सापकोटा हेलिकोप्टर चढेर सिन्धुपाल्चोकको पहिरो प्रभावित क्षेत्रमा पुगेका छन् ।

पहिरो गएर २२ वटा घर पुरिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका पुगेका हुन् ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत सापकोटा पहिरो गएको क्षेत्रमा निरीक्षणका लागि गएका हुन् । उनी सिन्धुपाल्चोक २ बाट निर्वाचित जनप्रतिनिधि समेत हुन् ।

यसैबीच घटनास्थलमा नेपाली सेनाको झिर्पु सुरक्षा वेसबाट उद्दारका लागि सह–सेनानीको नेतृत्वमा २१ जनाको टोली परिचालित भएको छ ।

शुक्रबार बिहान करीब ६ बजेतिर आएको पहिरोले २२ घर पुरिएको छ भने धेरै मान्छे बेपत्ता छन् ।