३० आश्विन २०८३, शुक्रबार

आवाजको ‘मौन आवाज’ कार्यक्रम सम्पन्न

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, ३० साउन । अन्तर्राष्ट्रिय युवा दिवस, २०२० को अवसरमा पोखरामा क्रियाशील युवाहरुको समूह आवाजले समानताका लागि सडक सन्देश ‘मौन आवाज’ कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरको मुख्य बजारमा अवस्थित मानवअधिकार चोकमा आयोजित उक्त कार्यक्रममा सहभागी युवाहरुले विभिन्न आर्थिक, सामाजिक, राजनीतिक, शैक्षिक, पर्यावरणीय तथा लैंगिक समानता लगायत सान्दर्भिक विषयहरुसँग सम्बन्धित रहेर विभिन्न सचेतना र जानकारीमुलक पोस्टरहरु करीब आधा घण्टा प्रदर्शन गरेका थिए ।

कार्यक्रम उपस्थित सम्पूर्ण युवाहरुलाई स्वागत गर्दै संस्थाकी उपाध्यक्ष शर्मिला सुनारले युवाहरु एकतावद्ध भएर सामाजिक रुपान्तरणको जिम्मेवारी उठाउनु पर्ने बताइन् ।

त्यस्तै सम्पूर्ण सहभागीहरुलाई धन्यवाद व्यक्त गर्दै संस्थाका अध्यक्ष प्रकाश सुनारले वर्तमान आवश्यकता भनेकै समाज र राष्ट्रको हरेक संयन्त्रमा युवाहरुको सहभागिता वृद्धि गर्दै समाजलाई युवा नेतृत्वमय बनाउनुपर्ने धारणा व्यक्त गरे ।

करीब आधा घण्टाको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव अनिल विकले गरेका थिए ।