शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

शव राख्ने बाकसमा सुतेर विवाह

दैनिक नेपाल २०७७ साउन ३० गते ६:३३

बैंकक । छ वर्षअघि थाइल्यान्डमा भ्यालेन्टाइन्स डेका अवसरमा एक जोडीले शव–बाकसमा सुतेर विवाह गरेका थिए ।

दुलाहा तानापात्पुरिन सामाङ्निती र दुलही सुनान्तालुक कङकुनले वात ताकिन मन्दिरमा यसरी बिहे गरेका थिए ।

बैंककको बाहिरी इलाकामा रहेको मन्दिरमा उनीहरूले शव–बाकसमा सुतेर विवाह सम्पन्न गरेका थिए । यो जोडीको विवाह बौद्ध भिक्षुहरूले गराएका थिए ।

शव–बाकसमा केही बेर सुत्दा आयु लम्बिने स्थानीय विश्वासअनुसार तानापात्पुरिन र सुनान्तालुकले यसरी बिहे गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित