धादिङ, २९ साउन । काेराेना राेकथामका लागि निषेधाज्ञा लागू गरिएपछि पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको धादिङखण्डमा गाडी चलेका छैनन् ।
धादिङमा राजमार्गसहित सदरमुकाममा निषेधाज्ञा लागू गरिएको छ । बुधबार रातिदेखि लागू हुने गरी एक हप्तासम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
पृथ्वी राजमार्ग र त्रिभुवन राजपथको धादिङखण्डमा जिल्ला सुरक्षा समितिले निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए ।
निषेधाज्ञाको पहिलो दिन धादिङबेसी बजार बिहानैदेखि सुनसान छ । औषधि पसल, फलफूल पसल र खाद्यान्न पसलबाहेक अन्य सम्पूर्ण पसलहरू पूर्णरुपमा बन्द भएका छन् ।
जिल्लामा होटल संचालक, प्रहरी प्रमुख, रेडक्रस कर्मचारी समेतलाई कोराना भाइरसको संक्रमण देखिएपछि बजार क्षेत्रमा जोखिम बढेको हो ।
कालुपाण्डे राजमार्गको फुर्केखोलादेखि धादिङबेसी दायाँबायाँ र नीलकण्ठ नगरपालिकाको वडा नम्बर २, ३, ४, ७, ८, १२ र १४ का क्षेत्रहरुमा भाद्र ३ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।











प्रतिक्रिया