
कञ्चनपुर, २९ साउन । कञ्चनपुरमा भेटिएको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
भीमदत्त नगरपालिका वडा नम्वर ४ भानुचोकमा प्रेसरकुकर बमसँगै थारुवान स्वायत्त प्रदेश जिल्ला जनपरिषद कञ्चनपुरको पर्चा समेत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नगर विकास समितिमा भ्रष्टाचार भएको, भूमाफियाहरुले सरकारी जमिन हिनामिना गरेकाले सचेत हुन पर्चामा चेतावनी दिइएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान ७ बजे डिस्पोज गरेको थियो ।











प्रतिक्रिया