मुम्बई । बलिउडकी अभिनेत्री ज्याकलिन फर्नान्डिज ३५ वर्षकी भएकी छिन् ।
उनी मल्टी एथनीक परिवारकी हुन् । उनका पिता श्रीलंकाका र आमा मलेशियाकी हुन् । ज्याकलीनले बहरिनमा पढेकी हुन् । उनले अष्ट्रेलियामा सिड्नी विश्वविद्यालयमा आमसञ्चार विषयमा स्नातक गरेकी छिन् । उनले टेलिभिजन रिपोर्टरको समेत काम गरेकी छिन् ।
ज्याकलिनलाई विभिन्न भाषाको ज्ञान छ । उनले स्पेनिश, फ्रेन्च र अरेबिक भाषा राम्रोसँग बोल्न र लेख्न सक्छिन् । ज्याकलीनलाई विभिन्न प्रकारका खाना बनाउन जान्दछिन् ।
ज्याकलिनका पहिलो प्रेमी बहरिनका राजकुमार बिन राशिद अल खलिफा थिए । ज्याकलिनसँग ब्रेकअपपछि राजकुमारले एक गीत एल्बम रिलीज गरेका छन् जसको नाम ‘जैकी’ राखेका थिए ।
ज्यानलिन र सलमान निकै नजिकका साथी हुन् । सलमानले ज्याकलीनलाई बान्द्राको ३ बीएचके अपार्टमेन्टमा बस्न आग्रह गरेका थिए तर उनले अस्वीकार गरिदिइन् ।
फर्नान्डिज मोडल पनि हुन् । उनले २००६ को मिस युनिभर्स श्रीलंका पीजेन्टको ताज समेत जितेकी थिइन् ।















प्रतिक्रिया