७ मंसिर २०८३, सोमबार

सशस्त्रद्वारा २४ लाख भारतीय रुपियाँ बरामद, पैसा बाेक्ने मान्छे फरार

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कपिलवस्तु, २९ साउन । सशस्त्र प्रहरी बल, नेपालले कपिलवस्तु जिल्लामा ठूलो परिमाणमा भारतीय रुपियाँ बरामद गरेको छ ।

कृष्णनगर नगरपालिका–१ बाट बुधबार एपीएफको टोलीले २४ लाख ५० हजार भारतीय रुपियाँ बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।

सशस्त्र प्रहरी बल, नेपाल अस्थायी सुरक्षा पोष्ट कुकुर भुकुवाबाट खटिएको एपीएफ टोलीले उक्त रुपियाँ बरामद गरेको थियो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिले एपीएफ टोलीलाई देख्नासाथै झोला छाडेर भागेपछि उक्त झोलामा जाँच गर्दा पाँच सय दरको चार हजार नौ सय भारतीय रुपियाँ फेला परेको विज्ञप्तिमा उल्लेख छ ।