७ कार्तिक २०८३, शनिबार

डिएसपी कुँवरको एक्शन : काठमाडौं केन्द्र बनाई अन्तर्राष्ट्रिय सट्टेबाजी गराउने डालमियाँ पक्राउ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ साउन । महानगरीय प्रहरी वृत्त कालीमाटीका प्रमुख प्रहरी नायव उपरिक्षक (डिएसपी) रुगम कुँवरको नेतृत्वको टोलीले काठमाडौं केन्द्र बनाई सट्टेबाजीको धन्दा गर्ने भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ ।

यस्तो महामारीकाबीचमा सुरु भएको फूटबल, क्रिकेटलगायतमा विद्युतीय उपकरणका साधनहरु मोबाइल र ल्यापटप प्रयोग गरी पैसाको सट्टाबाजी गर्ने भारत राजस्थानका ५० बर्षिय पवनकुमार डालमियाँलाई नियन्त्रणमा लिइएको हो ।

काठमाडौं महानगरपालिका–१२ टेकु बस्ने डालमियाँलाई मंगलबार साँझ डीएसपी कुँवर नेतृत्वको टोलीले अनलाइन ग्याम्बलिङ गराउँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

उनको साथबाट १ थान ल्यापटप, ५ थान मोवाइल, १ लाख ४ हजार नेपाली रुपैयाँ, १९ हजार ३ सय भारतीय रुपैयाँ, ४ हजार २ सय ४० अफगानी मुद्रा, २ सय अमेरिकी डलर, विभिन्न डायरी तथा भौचर र १ थान क्यालकुलेटर बरामद गरिएको छ ।