७ कार्तिक २०८३, शनिबार

फरार अपराधीविरुद्ध डिआईजी कार्की आक्रामक, १३ बर्षपछि सुनसरीमा समातिए दुई हत्यारा 

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

प्रदेश १ प्रहरी प्रमुख डिआईजी कार्की

सुनसरी, २८ साउन । १३ बर्षअघि एउटा बिहेमा भएको सामान्य विवादमा छुरा हानी हत्या गरी फरार दुई जना अभियुक्तलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले फरार अभियुक्तहरू बक्लौरी–६ का ३२ बर्षीय तुलसी चौधरी र ३२ बर्षीय टाईसन भनिने मिङमा दोर्जे शेर्पालाई पक्राउ गरेको हो ।

प्रदेश–१ प्रहरी कार्यालय विराटनगरका अनुसार जिल्ला अदालत सुनसरीले दुवै जनालाई २९ साउन ०७१ मा सजाय सुनाएको थियो । चौधरीलाई २१ बर्ष ६ महिना कैद र टाइसनलाई  २० बर्ष कैद सजाय सुनाएको थियो ।

२८ वैशाख ०६४ मा साथीको बिहेमा जन्ती गएका तत्कालिन एकम्बा गाउँ बिकास समिती–४ का सुनेर कुमार ठाकुरलाई सामान्य बाद बिबादको बिषयलाई लिएर छुरा प्रहार गरी दुवै फरार थिए ।

छुरा प्रहारबाट घाईते भएका ठाकुरको उपचारको क्रममा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा मृत्यु भएको थियो ।

प्रहरीले २६ साउनमा टाइसनलाई रामधुनी नगरपालिका–६ र चौधरीलाई ईनरुवा नगरपालिका–४ बाट पक्राउ गरेको थियो । पक्राउ परेका दुबै जनालाई सम्मानीत जिल्ला अदालतमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागी झुम्का कारागार पठाईएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

फरार अभियुक्तमाथि प्रहरीले कठोर निगरानी राखेको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक (डिआईजी) ईश्वरबाबु कार्कीले बताए । यसअघि पनि सुनसरी प्रहरीले १७ बर्षअघि हत्या गरी फरार भएकालाई पक्राउ गरी कानुनी दायरामा उभ्याएको थियो ।

‘सामाजिक अपराध गरेको लामो समयपछि महामारीको मौकामा बचिन्छ भनी कसैले सोच राखेको भए त्यो गलत हो, प्रहरी सँधै अपराधीको निगरानीमा हुन्छ’, कार्की भन्छन्,‘हामीले यस्ता अपराधीका विषयमा विशेष खोजीनीतिको क्रमलाई जारी राखेका छौं ।’