सिड्नी । काठमाडाैं घर भएका एक जना नेपाली युवककाे अस्ट्रेलियामा मृत्यु भएकाे छ ।
‘दक्षिण अस्ट्रेलिया’ राज्यमा २७ वर्षीय नेपाली युवा मृत अवस्थामा फेला परेका हुन् । सन् २०१५ मा विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका उनी सन् २०१८ मा सिड्नीबाट एडिलेड गएका थिए ।
मृतक आइतबार आफ्नै घरको ग्यारेजमा मृत अवस्थामा भेटिएको प्रहरीलाई उद्धृत गर्दै दक्षिण अस्ट्रेलियाका लागि अवैतनिक महावाणिज्यदूत दीपक धमलाले जानकारी दिए ।
साथीभाइले उनले आत्महत्या गरेको आशङ्का गरेका छन् । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टमार्टमका लागि पठाएको छ ।















प्रतिक्रिया