
काठमाडौँ, २६ साउन । सर्वाेच्च अदालतले पुराना गाडीको खोजविन गर्न अन्तरिम आदेश जारी गरेको छ ।
पुराना गाडीको उचित व्यवस्थापन गर्न माग गर्दै परेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो ।
एर्फोट ल्यावको तर्फबाट अधिवक्ता पदमबहादुर श्रेष्ठले साउन १८ मा पुराना गाडीका कारण वातावरण प्रदूषण भएको भन्दै त्यसको उचित व्यवस्थापनको माग गर्दै सर्वाेच्चमा रिट दायर गरेका थिए ।
दायर रिटमाथि सर्वोच्चका न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयालको संयुक्त इजलाशले पुराना गाडीको खोजविन गर्न सोमबार अन्तरिम आदेश दिएको हो ।















प्रतिक्रिया